Logo

युक्रेनी नागरिकलाई किभ छोड्न पूर्ण स्वतन्त्रता छ: रुसी रक्षा मन्त्रालय



एजेन्सी, १६ फागुन। रुसी रक्षा मन्त्रालयले युक्रेनको राजधानी किभमा रहेका सर्वसाधारणलाई स्वतन्त्रतापूर्वक शहर छोड्न पूरा छुट रहेको बताएको छ । रुसी रक्षा मन्त्रालयले आज (सोमबार) स्टेटमेन्टमार्फत् जानकरी दिएको हो ।

रुसी रक्षा मन्त्रालयले भनेको विषयलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यम आरटी न्यूज एजेन्सीले लेखेको छ ‘किभ–भासीलकिभ राजमार्ग भएर सबै सर्वसाधारणले शहर छोड्न पाउनेछन्। उक्त क्षेत्र सर्वसाधारणका लागि खुला र सुरक्षित रहेको छ।’ आफूहरुको लडाईँ र उद्देश्य युक्रेनको सैनिक उपकरण ध्वस्त पार्ने मात्र रहेको र सर्वाधारणलाई आफूहरुले टार्गेट नगरेको रुसी मन्त्रालयले स्टेटमेन्ट मार्फत् जानकारी गराएको छ । शान्ति कायम गर्न दुवै पक्षको बैठक बेलारुसमा बस्ने भएको छ। त्यसको लागि विभिन्न प्रयास भइरहेको जनाइएको छ ।-Photo Source: RTNEWS



प्रतिक्रिया दिनुहोस्

Screenshot