Logo

दुई दिनभित्र युक्रेनमाथि ‘जितको घोषणा गर्ने’ पुटिनको तयारी



एजेन्सी, १६ फागुन । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अबको दुई दिनमै ‘युक्रेनमाथि जितको घोषणा गर्ने’ तयारी गरेको खुलेको छ । उनले २ मार्चमा जितको घोषणा गर्ने पूर्व निर्देशन दिएको पूर्व सहायक विदेशमन्त्री आन्ड्रेइ फेडोरोभले खुलासा गरेका हुन् ।

अल जजिरालाई फेडोरोभले दिएको प्रतिक्रियामा २ मार्चमा विजयी हुने गरी सैन्य कारबाही पूरा गर्न निर्देशन दिएका हुन् ।

रुसी सेना युक्रेनको राजधानी केभमा पसेका छन् । मुख्य शहरहरुमा पनि रुसी सेनाले नियन्त्रण कायम गरेका छन् । केभमा भने रुसी सेनाले युक्रेनी सैनिकको प्रतिरक्षाको सामना गरिरहेका छन् ।

पुटिनले युक्रेनमाथि हमला गरेको पाचौं दिन हो । आक्रमणबाट ठूलो जनधनको क्षति भइसकेको छ । सैन्य अखडाहरु ध्वस्त पारिएका छन् ।



प्रतिक्रिया दिनुहोस्