Logo

पूर्वमन्त्री इस्तियाक रईले भनेः सफेद झुट बोल्ने प्रचण्डलाई लाज लाग्नुपर्ने हो



काठमाडौं, १६ फागुन । जनता समाजवादी पार्टीका नेता समेत रहेका पूर्वमन्त्री मोहम्मद इस्तियाक रईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीबारे सफेद झुट बोलेको आरोप लगाएका छन् । उनले ट्वीट गर्दै केपी ओलीले एमसीसी जस्ताको तस्तै पास गर्न खोजेको र आफूले संशोधन गरेर पास गराएको भनी सफेद झुट बोलेको टिप्पणी गरेका हुन् ।

रईले एमसीसीले १२ बुँदे व्याख्या स्वीकार गरेमा आफूलाई चार पाटा मुडेर नेपालगन्जको नाका कटाउन समेत भने ।

मोहम्मद इस्तियाक रईले ट्वीटरमा लेखेका छन्ः “केपीले जस्ताको तस्तै पास गर्न खोजेका थिए; मैले संशोधन गरेर पास गराएँ ।” सफेद झूट बोल्न प्रचण्डलाई लाज लाग्नुपर्ने हो । मेरो दाबी छ- MCC ले १२ बुँदे व्याख्या स्वीकार गर्‍योभने मलाई ४ पाटा मुडेर नेपालगन्जको नाका कटाउनु होला ।अब कुनै पक्ष बाट थप गिजोल्ने काम नहोस ।



प्रतिक्रिया दिनुहोस्

Screenshot