Logo

रुस र युक्रेनबीच शान्तिवार्ता सुरु



काठमाडौं, १६ फागुन : रुस र युक्रेनबीचको शान्तिवार्ता सुरु भएको छ । रुसले युक्रेनमाथि आक्रमण गरेको पाँचौँ दिन दुई देशका प्रतिनिधिहरूबीच बेलारुसमा छलफल सुरु भएको बीबीसीले जनाएको छ ।

युद्ध अन्त्य गर्ने विषयमा बैठकमा छलफल हुने जनाएको छ । युक्रेनी राष्ट्रपतिको कार्यालयका अनुसार युक्रेनले तत्काल युद्धविराम होओस् र रुसी सेना फिर्ता जाओस् भन्ने चाहेको बताएको छ ।

रुसले चाहिँ दुवै पक्षलाई लाभ हुने सहमति गर्न खोजेको रुसी वार्ताकार भ्लादिमिर मेडिन्स्कीले बताएको बीबीसीले उल्लेख गरेको छ । शान्तिवार्ता सुरु हुनुअघि युक्रेनका राष्ट्रपतिले रुसी सैनिकहरूलाई हतियार बिसाउन आग्रह गरेका थिए । एजेन्सी



प्रतिक्रिया दिनुहोस्