Logo

भोलिभित्र युक्रेनमाथि जितको घोषणा गर्दै पुटिन, राजधानी किभको बाहिर ६४ किलोमिटरमा रुसी सैन्य गाडी



एजेन्सी, १७ फागुन । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि एक हप्ताभित्र जितको घोषणा गर्ने लक्ष्य राखेर हमला गरेको खुलिसकेको छ । योजना अनुसार नै उनले २ मार्च अर्थात् भोलि जितको घोषणा गर्ने गरी रुसी फौजलाई युक्रेनभित्र घुसाएका छन् ।

अहिले युक्रेनको राजधानी किभको ठिक बाहिर ६४ किलोमिटरमा रुसी ट्यांक र सैन्य गाडी रहेको सेटलाइट तस्बिरहरु अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले सार्वजनिक गरेका छन् । सयौंको संख्यामा छिरेका ती सैन्य गाडीहरु किभ छिर्ने तयारीमा रहेको उल्लेख छ ।

यसअघि नै राजधानी किभभित्र सयौंको संख्यामा रुसी सैन्य गाडी छिरेर आक्रमण गरिरहेका छन् । रुसले स्थल, जल र वायुसेनामार्फत् आक्रमण गरिरहेको छ ।

युक्रेनमाथि हमलापछि रुसलाई यूरोपेली युनीयनका देश र अमेरिकाले विभिन्न प्रतिबन्ध लगाएका छन् । युक्रेनलाई सैन्य सहयोग दिइरहेका छन् ।
युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले नो फ्लाई जोन घोषणा गर्न अमेरिकालाई आग्रह गरेका छन् । तर, अमेरिकाले त्यो कदम रुससँग आफ्नो युद्धको घोषणा सरह हुने भन्दै मानेको छैन ।

Photo Source: Reuters

 



प्रतिक्रिया दिनुहोस्