Logo

रुसी फौजविरुद्ध लड्न विदेशी लडाकुलाई युक्रेन पस्न छूट



एजेन्सी, १७ फागुन । रुसविरुद्ध लड्न युक्रेनले विदेशी सहयोग बढी भन्दा बढी लिन थालेको छ । उसले सैन्य सहयोग अत्याधिक पाउन थालेको छ ।

यक्रेनले रुसविरुद्ध लड्न तयार भएका विदेशी लडाकुका लागि प्रवेश खुल्ला गरेको छ । अब रुसविरुद्ध स्वयंसेवीका रुपमा लड्न तयार हुने विदेशीले युक्रेन पस्न पाउनेछन् ।

युक्रेनले यूरोपेली युनीयन र अमेरिकाबाट ठूलो मात्रामा सैन्य सहयोग पाइरहेको छ ।

रुसी सैनिकले युक्रेनको राजधानी किभलाई घेरिसकेका छन् । सयौं सैनिक गाडी किभको सडकबाहिर लाम लागेका छन् । ६० किलोमिटरभन्दा लामो लामको तस्बिर सार्वजनिक भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot