Logo

कोलम्बियामा भएको खानी दुर्घटनामा परी १३ को मृत्यु



१७ फागुन: कोलम्बियामा भएको खानी दुर्घटनामा परी ज्यान जानेको संख्या १३ पुगेको छ । त्यहाँको उत्तरी क्षेत्रमा पर्ने ला चापा भन्ने स्थानमा रहेको एक कोइला खानीमा शनिबार विस्फोट भएको थियो ।

सो विस्फोटमा परेर ज्यान जाने व्यक्तिको संख्या १३ पुगेको त्यहाँका अधिकारीहरुले जानकारी दिएका छन् । ती अधिकारीका अनुसार सो क्षेत्रमा रहेको खानीमा यसअघि पनि विस्फोट भएर कैयौँ नागरिकको ज्यान गएको थियो । खानी भित्र रहेको ग्याँस विस्फोटमा परेर त्यहाँ कार्यरत मजदुरको ज्यान गएको बताइएको छ ।-सिन्ह्वा/Photo: Agency



प्रतिक्रिया दिनुहोस्