Logo

अस्पतालबाट डिस्चार्ज भए पेले, कस्तो छ स्वास्थ्य अवस्था ?



काठमाडौं, १७ फागुन । ब्राजिलियन पुर्व फुटबलर पेले अस्पतालबाट डिस्चार्ज भएका छन् ।

कोलोन ट्युमर र युरिनरी ट्र्याक्ट इन्फेक्सनको समस्याबाट ग्रसित पेले उपचारका लागि अस्पताल भर्ना भएका थिए ।

उनलाई साओ पाउलोको अल्बर्ट आइन्टाइन अस्पतालमा भर्ना गरिएको थियो । चिकित्सकहरुका अनुसार उनको अहिलेको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

पछिल्लो समयमा अवस्थ रहेका पेलेको गत वर्षमात्र ट्युमरको शल्यक्रिया गरिएको थियो ।

पछिल्ला वर्षहरुमा पेलेको स्वास्थ्य अवस्था चिन्ताको विषय बनेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot