Logo

युद्धविराम गर्ने वार्ता हुँदाहुँदै युक्रेनमा तीव्र गोलाबारी, पहिलो चरणको वार्ता विफल



काठमाडौं, फागुन १७ । युद्धविराम गर्ने वार्ता हुँदाहुँदै युक्रेनमा रुसी र युक्रेनी फौजहरूबीच लडाइँ चर्केको छ। युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा रुसको क्षेप्यास्त्र हमलाबाट कैयौँ सर्वसाधारण मारिएका छन्।

उत्तरी सहर चर्निभमा भीषण गोलाबारी भइरहेको छ ।रुसले युक्रेनमाथि थुप्रै मोर्चाबाट हमला गरिरहेको छ। तर युक्रेनी फौजको प्रतिवादका कारण अगाडि बढ्ने गति कम भएको छ। अहिले तीनवटै सहर युक्रेनको नियन्त्रणमा छन्।

यसैबीच युक्रेन-बेलारुस सीमामा रुसी र युक्रेनी अधिकारीहरूबीच पहिलो चरणको वार्ता सकिएको छ। वार्ताले कुनै ठोस नतिजा निकाल्न सकेको छैन् । दुवै पक्ष पुनः वार्ता जारी राख्न सहमत भएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot