Logo

सुर्खेतमा प्रदर्शनकारीको ढुंगा प्रहारबाट १८ प्रहरी घाइते



सुर्खेत, १७ फागुन । अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा राजनीतिक दलका पार्टी कार्यालय तोडफोड सुरु गरेपछि सुर्खेतमा जारी कर्फ्यु उल्लघंन गर्दै प्रदर्शनकारीहरु प्रदर्शनमा उत्रेका छन् ।

प्रदर्शनकारीको ढुंगा प्रहारबाट १८ जना प्रहरी घाइते भएका छन् भने २३ जना प्रदर्शनकारीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घर बाहिर ननिस्कन माइकिग गर्दै डिडेका प्रहरीमाथि प्रदर्शनकारीले ढुंगा प्रहार गरेका थिए । ढुंगा प्रहारबाट नगर प्रहरी प्रमुख पनि घाइते भएका छन् । सुर्खेतको विरेन्द्र नगरमा तनाव भएपछि जिल्ला प्रसाशन कार्यालय सुर्खेतले कर्फ्यु लगाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot