Logo

राप्रपाको कार्यसमिति र पदाधिकारीको बैठक भोली



काठमाडौं, फागुन १७ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमितिको बैठक भोली बुधबार र पर्सि विहिबार काठमाडौंमा बस्ने भएको छ ।

बैठकमा सङ्गठन विस्तार, व्यवस्थापन, स्थानीय तहको निर्वाचन लगायतका समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ ।

कार्यसमितिको बैठक बस्नु अघी भोली विहान पदाधिकारीको बैठक बोलाइएको छ । गत मङ्सिरमा एकता अधिवेशन सम्पन्न गरे यता पार्टीले दोस्रोपटक केन्द्रीय समितिको बैठक आह्वान गरेको हो ।



प्रतिक्रिया दिनुहोस्