Logo

किन दिइयो दीपिकालाई १८ वर्षकै उमेरमा स्तन प्रत्यारोपण गर्न सल्लाह ?



एजेन्सी, १७ फागुन । बलिउड अभिनेत्री दीपिका पादुकोणले सबैभन्दा नराम्रो सल्लाह आफूलाई १८ वर्षको हुँदा पाएको बताएकी छिन् ।
एक अन्तर्वार्तामा क्रममा मानिसहरूबाट पाएको सबैभन्दा नराम्रो सल्लाह सम्झँदै दीपिकाले भनिन्, ‘सबैभन्दा नराम्रो सल्लाह आफूलाई १८ वर्षको हुँदा पाएको थिए । त्यतिबेला मलाई कसैले ब्रेस्ट इम्प्लान्ट गर्न भनेका थिए ।’ साथै, उनले यो कुरालाई गम्भीरतापूर्वक नलिँदा आफू खुसी भएको पनि उनले बताएकी छिन् ।

दीपिकाले भनिन्, “मैले सबैभन्दा राम्रो सल्लाह शाहरुख खानबाट पाएँ र मैले उहाँबाट पनि धेरै कुरा सिकेको छु। उहाँले मलाई सधैं जुन काम गर्न मन लाग्छ, त्यो काम गर्न भन्नुभयो। किनकि जब तपाईं फिल्म बनाउनुहुन्छ, हो, तब तपाईं पनि जीवन बाँच्दै हुनुहुन्छ। त्यो समयमा तपाईंले केही सम्झनाहरू कदर गर्नुहुन्छ र धेरै अनुभव गर्नुहुन्छ।’
अर्कोतर्फ, दीपिकाले नराम्रो सल्लाहको बारेमा भनिन्, “मैले सबैभन्दा नराम्रो सल्लाह स्तन प्रत्यारोपणको बारेमा पाएँ। म त्यतिबेला मात्र १८ वर्षकी थिइन। मलाई अचम्म लाग्छ कि मैले यसलाई कहिल्यै गम्भीरतापूर्वक लिइन।“

दीपिकाले सन् २००७ मा फराह खानको फिल्म ‘ओम शान्ति ओम’ बाट बलिउडमा आफ्नो करियर सुरु गरेकी थिइन् । यस फिल्ममा दीपिकासँगै शाहरुख खान र अर्जुन रामपाल पनि थिए । दीपिकाले यो फिल्म गर्दा उनी २१ वर्षकी थिइन् । पछि उनले ’ये जवानी है दिवानी’, ’चेन्नई एक्सप्रेस’, ’ह्याप्पी न्यू इयर’, ’बाजीराव मस्तानी’, ’पद्मावत’ आदि धेरै फिल्महरूमा काम गरे। हालै उनी अनन्या पाण्डे, धैर्य करवा र सिद्धान्त चतुर्वेदीसँग फिल्म ‘गेहराइँ’ मा देखिएकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot