काठमाडौं, १७ फागुन । बेस्ट फाइनान्सले चैत ४ गतेका लागि साधारण सभा बोलाएको छ ।
साधारण सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा बिहान १२ः३० बजे सुरु हुने कम्पनीले जानकारी दिएको छ ।
तर, कम्पनीले यस वर्षपनि लगानीकर्ताको हात खाली बनाउने भएको छ । लाभांश वितरण सम्बन्धी एजेन्डा छैन ।
सभामा अन्य बैंक तथा वित्तीय संस्थासँग मर्ज वा एक्वायर हुनु परेमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि छ ।
आर्थिक वर्ष २०७७–७८ को वार्षिक वित्तीय विवरण, नाफा–नोक्सान हिसाब लगायतलाई पारित गर्ने एजेन्डा पनि राखिएको छ । सभा प्रयोजनका लागि बेस्टले फागुन २० गते बुक क्लोज गर्दैछ ।