Logo

रेखा भन्छिन्–प्रेम र यौन सम्बन्ध कति सँग भयो भन्ने नैतिकतावादी कुराको कानुनलाई मतलब हुँदैन्



काठमाडौं, १७ फागुन । नायिका रेखा थापाले २० वर्ष मुनिका बालबालिकालाई कानुनःत सबै प्रकारका सुरक्षा र अभिभावकत्व प्राप्त गर्ने अधिकार हुने बताएकी छिन् । समाजले बालिकाहरुको संरक्षण गर्नपर्ने उनको भनाई छ ।

अभिनेता पल शाह र एक नाबालिग गायिकाको विषयलाई लिएर सामाजिक सञ्जालमा आलोचना र टिप्पणी भइरहेको बेला थापाले यस्तो बताएकी हुन् ।

कुनै पनि बालिकाको प्रेम र यौन सम्बन्ध कति सँग भयो भन्ने नैतिकतावादी कुराको कानुनलाई मतलब नहुने पनि उनको भनाई छ ।

उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘२० बर्ष मुनिका छोरीहरु बालिका हुन, बालिका कानुनतस् सबै प्रकारका सुरक्षा र अभिभावकत्व प्राप्त गर्ने अधिकार राख्दछन । समाजको भूमिका उनिहरुलाई सम्रक्षण गर्ने हो । को सँग लभ छरु कती पटक यौन संपर्क भयोरु यस्ता नैतीकताबादी कुराको कानुनलाई मतलब हुनु हुँदैन । समाजको आडम्बर त कुरा गरी साध्य छैन । केटी मान्छे भने पछी दुनियाँ भरी कतै नभएका नैतीक मापदण्ड र हिलो छ्याप्ने चलन लज्जाजनक रुपमा नेपालमा ब्याप्त छ ।’

 



प्रतिक्रिया दिनुहोस्

Screenshot