Logo

रुसी मुद्रा ‘रुबल’ इतिहासकै कमजोर अवस्थामा



काठमाडौं, १७ फागुन । पश्चिमा राष्ट्रहरुले लगाएको आर्थिक प्रतिबन्धको असर रुसमा तिब्ररुपमा देखिन थालेको छ ।

आर्थिक संटक देखिन थालेपछि सोमबार रुसको केन्द्रीय बैंकले प्रमुख ब्याजदरहरु ९.५ प्रतिशत बाट बढाएर २० प्रतिशत पुर्याएको छ ।

यस्तै, रुसी मुद्रा रुबल ३० प्रतिशतले घटेर प्रतिडलर ११९.५० पुगेको छ जुन इतिहासकै कमजोर अवस्थामा हो । रुवललाई थप कमजोर बन्न नदिँन र मूल्यवृद्धि नियन्त्रण गर्न ब्याजदर बढाइएको बताइएको छ ।

पुजीँबजारको गिरावट नियन्त्रण गर्नका लागि त्यहाँको धितोपत्र बोडले विदेशी लगानीकर्ताहरुलाई रुसी धितोपत्र बिक्री गर्न पनि रोक लगाएको छ ।

रुसी बैंकहरुमा नगद अभाव भइरहेको छ । तरलता बढाउन स्थानीय बैंकमा रिजर्भमा रहेको करिब ७ खर्ब ३३ अर्ब रुवल पनि खुला गर्ने भएको छ ।



प्रतिक्रिया दिनुहोस्