Logo

वडा सचिव घुससहित अख्तियारको नियन्त्रणमा



काठमाडौं, १७ फागुन । रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं. ४ को कार्यालयका वडा सचिव ना.सु. मोहम्मद सिद्धिकलाई घुससहित अख्तियारले नियन्त्रणमा लिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विवाह दर्तामा सहजिकरण गरिदिने भनी सेवाग्राहीसँग घुस मागेको उजुरीको आधारमा ३ हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको हो ।

घुस रकम लिइसकेको अवस्थामा उक्त रकमसहित रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं. ४ को कार्यालयबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता नारायण प्रसाद रिसालले जनाएको छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot