Logo

बलेफी हाइड्रोपावरको आईपीओमा कति पर्यो आवेदन ?



काठमाडौं, १७ फागुन । बलेफी हाइड्रोपावर कम्पनीको आईपीओमा ११ लाख २९ हजार १३० कित्ताका लागि आवेदन परेको छ ।

कम्पनीको आईपीओमा सोमवारसम्ममा ५ हजार ७५९ जनाले रू. ११ करोड २९ लाख बराबरको आवेदन परेको बताइएको छ । कम्पनीले माघ २७ गतेदेखि आयोजना प्रभावित स्थानिय बासिन्दालाई आईपीओ विक्री खुला गरेको हो ।

कम्पनीले जारी पूँजीको १० प्रतिशत अर्थात १८ लाख २७ हजार ९७० कित्ता स्थानिय बासिन्दाका लागि निष्कासन गरेको हो ।

उक्त आईपीओमा स्थानिय बासिन्दाले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवदेन दिन सक्नेछन् ।

आवेदकले फागुन २७ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले निष्कासन गरिरहेको आईपीओलाई इक्रा नेपालले इस्यूअर रेटिङ डबल बि प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ ।

विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।



प्रतिक्रिया दिनुहोस्