Logo

असन्तुष्ट नेता नारायणकाजी भेट्न हात्तिवन पुगे प्रचण्ड



काठमाडौं, १७ फागुन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल पार्टीका शीर्ष नेता नारायणकाजी श्रेष्ठलाई भेट्न हात्तिवन पुगेका छन् । पछिल्लो समय एमसीसीलाई लिएर माओवादी केन्द्रभित्र दाहाल र श्रेष्ठबीच मतभेद बढेको छ ।

एमसीसी संशोधनबिना अनुमोदन गर्न नहुने पक्षमा श्रेष्ठ दृढ थिए । उनले सार्वजनिक रुपमै पार्टीले एमसीसीको विपक्षमा मतदान गर्ने बताएका थिए । तर, अध्यक्ष दाहालले गठबन्धन जोगाउने नाममा कांग्रेससँग सम्झौता गरेको र व्याख्यात्मक घोषणा जारी गरेर एमसीसी पारित गराएको भनेर उनले आलोचना गरिरहेका छन् ।

हिजो आयोजित पत्रकार सम्मेलनमा पनि प्रचण्डले नारायणकाजीको नामै लिएर आलोचना गरेका थिए । उनले आफू कुन अवस्थामा एमसीसी पारित गर्ने पक्षमा पुगेको भनेर पनि लामै स्पष्टीकरण दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot