Logo

प्रचण्डसंगको भेटअघि नै विप्लव नारायणकाजीबीच भेट



काठमाडौं, फागुन १८ । एमसीसी अनुमोदनको विषयले नेकपा (माओवादी केन्द्र) भित्र विवाद चर्किरहेका बेला नेकपा कम्युनिस्ट पार्टी  (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ माओवादी वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई भेट्न हात्तीवन पुगेका छन् ।

एमसीसी अनुमोदनको विरुद्वमा रहेका दुबै नेताबीच भएको आजको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । माओवादी केन्द्र भित्र एमसीसी अनुमोदनको विषयले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता श्रेष्ठबीच पछिल्लो समय मन माझामाझको स्थिति देखिएको छ ।

एमसीसी अनुमोदनपछिको अभिव्यक्तिप्रतिले श्रेष्ठ थप आक्रोशित रहेका बेला श्रेष्ठलाई भेट्न प्रचण्ड मंगलबार हात्तीवन पुगेका थिए । उनले आजपनि श्रेष्ठसंग छलफल गर्ने कार्यक्रम रहेको थियो । तर, प्रचण्डसंगको भेटअघि नै विप्लव हात्तिवन पुगेका छन्। एमसीसीबारे श्रेष्ठ र विप्लवको एक लाइन रहेको छ। दुवै एमसिसीको विपक्षमा छन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot