Logo

राप्रपाबाहेक अरु सबै दल एकै ठाउमा उभिएर एमसीसी अनुमोदन गरिएको होः नेता खतिवडा



ओखलढुंगा, १८ फागुन । । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले अमेरिकी सहयोग परियोजन एमसीसी राप्रपा बाहेक अरु सबै दल एकै ठाउमा उभिएर अनुमोदन गरेको बताएका छन् ।  चिशखुगढी गाउँ कार्यसमितिले आयोजना गरेको जेष्ठ नागरिक सम्मान तथा अगुवा नेता, कार्यकर्ता भेटघाट एवं अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै युवानेता खतिवडाले यस्तो खुलाशा गरेका हुन् ।

‘एमसीसी पास गर्नुमा राप्रपाबाहेक अरु सबै दल एकै ठाउमा उभिएर अनुमोदन गरिएको हो ।’ उनले भने,‘तर एमसीसीको गलत प्रचार भएको छ, हिजो बाटोमा आउँदा मलाई एकजना दाइले फोन गरेर एमसीसी पास भयो अमेरिकी सेना अब ओखलढुंगा पनि आउछ रे हो भन्नु भयो मैले भने अमेरिका सेना गलत नियतले ओखलढुंगा आए खुकुरी हान्न म आफैं अगाडि बड्छु मैले भने ।’ नेपालमा एमसीसीको गलतरुपमा प्रचार गरिएको भन्दै खतिवडाले हल्लाको पछि नलाग्न समेत अनुरोध गरे ।

नेपाली जनताले झण्डै दुई तिहाईको सरकार दिएर पठाउदा समेत ४० महिना भन्दा धेरै कम्युनिष्टहरुले चलाउन नसकेको टिप्पणी गर्दै उनले भने,‘दुई तिहाईको सरकार दिएर पठाउदा समेत कम्युनिष्टहरुले चलाउन नसकेपछि देशलाई नेपाली काग्रेसले जिम्मा लिनु पर्यो ।’ कांग्रेसले प्रतिपक्षमा बस्दा एक दिन पनि सदन र सडक चक्का जाम नगरेको खतिवडाले स्पष्ट पारे । प्रतिपक्षमा बस्दा कांग्रेसले जे भनेका थियो सत्तामा पुग्दा त्यो पूरा गरेको पनि जिकिर गरे ।

ओखलढुंगामा ०६४, ०७० र ०७४ सालदेखि यता कम्युनिस्टहरुले शासन गर्दै आएपनि जनताले सोचेको जस्तो विकासको पुर्वधारहरु नभएको खतिवडाले आरोप लगाए । ‘काङ्ग्रेसले चुनाव हार्दा देशको राष्ट्रियता, वृद्धवृद्धा, युवा र लेख्न र बोल्न पाउने हक अधिकारहरु समेत हहन र नेपाली जनताहरुले शासन गर्ने पद्धतिमा समेत अँकुस लगाउने काम भएको छ ।’ उनले भने,‘चुनाव जित्ने वितिकै घर–घरमा ग्यास, हरेक कोशीहरुमा पानीजहाज जस्ता झुटा सपनाहरु देखाइयो।’

नेता खतिवडाले आगामी चुनाव नजिकिएको भन्दै कोहि मान्छे पार्टीले टिकट फाइनल नगरी ब्यक्तिगत रुपमा भोट माग्न आए जनताले लखेट्नु पर्ने धारणा राखे । नेकपा (एमाले) परित्याग गरेका २ दर्जन कार्यकताहरुलाई खतिवडाले नेपाली काङ्ग्रेसमा प्रवेश गराएका थिए । कार्यक्रममा काङ्ग्रेसमा योगदान गरेको विभिन्न ब्यक्तिहरुलाइ सम्मान गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot