Logo

रेखा थापा राप्रपाको केन्द्रीय सदस्यमा मनोनीत



काठमाडौं, फागुन १८ । अभिनेत्री रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय सदस्यमा मनोनीत भएकी छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले १४ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गर्दा अभिनेत्री थापा पनि परेकी हुन् ।

अध्यक्ष लिङ्देननले अभिनेत्री थापालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको राप्रपाका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताएका छन् । अध्यक्ष राजेन्द्र लिङ्देनले १४ जनालाई केन्द्रीय कार्यसमिति सदस्यमा मनोनयन गरेका हुन् । त्यसमा अभिनेत्री थापा पनि परेकी छन् ।

गत मंसिरमा भएको राप्रपाको महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिएकी थापा कुन्ती शाहीसँग पराजित भएकी थिइन् ।

 



प्रतिक्रिया दिनुहोस्