Logo

बास्केटबल फेडरेसनले लगायो रुसमाथि प्रतिबन्ध



काठमाडौं, १८ फागुन । इन्टरनेशनल बास्केटबल फेडरेसन (फिबा) ले रुसलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन प्रतिवन्ध लगाएको छ ।

इन्टरनेशनल ओलम्पिक कमिटिको सिफारिस अनुसार फिबाले रुसलाई प्रतिवन्ध लगाएको हो ।

सेप्टेम्बर २२ देखि अष्ट्रेलियामा हुन लागेको फिबा महिला विश्वकपमा रुसले सहभागिता जनाउन नपाउने भएको छ ।

रुसले युक्रेनमाथि आक्रमण गरेपछि बिभिन्न अन्तर्राष्ट्रिय खेलकुद निकायले रुसमाथि प्रतिवन्ध लगाउदै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot