Logo

नाबालिका बलात्कार अभियोगमा पक्राउ परेका पल शाहसँग अदालतले बयान लियो



काठमाडौं, १८ फागुन । नाबालिका बलात्कारको आरोपमा पक्राउ परेका ‘पल’ भनिने पूर्णविक्रम शाहको बयान सुरु भएको छ ।

एक नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा उनी तनहुँ प्रहरीको हिरासतमा छन् ।

प्रहरीले अदालतबाट यसअघि नै ७ दिनको म्याद थपेको छ ।

आज भने अदालतले उनीसँग बयान लिएको छ ।

आज पललाई भेट्न नायिका पूजा शर्मा तनहुँ पुगेकी थिईन् ।

हिजोमात्रै निर्देशक सुदर्शन थापा र उनकी पत्नी सुप्रिया कटुवालले पललाई भेटेका थिए ।



प्रतिक्रिया दिनुहोस्