काठमाडौं, १८ फागुन । प्रतिनिधिसभाको बैठक सकिएको छ ।
एमसीसी पास भएपछि पहिलो पटक बसेको बैठकमा आज ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७र७८’ पेश गरिएको थियो ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन पेस गरेका थिए ।
उनले प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट बडूले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७र७८ पेस गरेका हुन् ।
बैठक सुरु भएलगतै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले विरोध सुरु गरेको छ ।
बैठक फागुन २२ गते आइतबार दिउँसो १ बजे बस्ने गरि स्थगित भएको छ ।