Logo

प्रतिनिधिसभाबाट पारित भएपछि कार्यक्रम कार्यान्वयनको बाटो खुल्योः एमसीसी



काठमाडौं, १८ फागुन । नेपालको प्रतिनिधिसभाले गत आइतबार एमसीसी सम्झौता पारित गरेपछि अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)ले कार्यक्रम कार्यान्वयनको बाटो खुलेको स्पष्ट पारेको छ ।

एमसीसी मुख्यालयले जारी गरेको विज्ञप्तीमा परियोजनाका काम अघि बढाउन बाटो खुलेको जनाएको छ ।

मुख्यालयको अनुसार एमसीसीले नेपाल सरकारसँग सार्वभौमसत्ता सम्पन्न लोकतान्त्रिक देशका रुपमा सहकार्य गर्ने भएको छ। र यो परियोजनाले नेपालमा विद्युत, ढुवानी र रोजगारी सिर्जना गर्ने पनि जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot