काठमाडौं, १८ फागुन । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले आगामी फागुन २० गते केन्द्रीय समितिको बैठक बोलाएको छ ।
केन्द्रले सबै केन्द्रीय सदस्यहरुलाई २० गते बिहान ११ बजे बैठकमा उपस्थित हुन अनुरोध गरेको हो ।
केन्द्रीय समितिको बैठक राष्ट्रिय सभागृहमा बस्ने जनाइएको छ । माओवादी केन्द्रको बैठक पटक–पटक सर्दै आएको छ ।