Logo

राष्ट्रसंघका महासचिव गुटर्रेसद्वारा युक्रेनलाई सहयोगको अपिल



सिन्ह्वा, १८ फागुन । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले युक्रेनलाई मानवीय सहयताका लागि आग्रह गरेका छन् । उनले अहिले युक्रेन अत्यन्तै कठिन अवस्थामा रहेको भन्दै यस्तो अवस्थामा विश्वले नै सहयोग गर्नुपर्ने बताए ।

उनले बताएका छन्– युक्रेनलाई हामी सबै विश्वले सहयोग गर्नुपर्ने अवस्था आएको छ, युक्रेन अहिले निकै कठिन अवस्थाबाट गुज्रिएको छ । उनले रुसको सैन्य आक्रमणबाट यहाँका दशौँ हजार जना नागरिक विस्थापित भइसकेका भन्दै उनीहरुको सहयोगका लागि विश्व समुदाय लाग्नुपर्नेमा जोड दिए ।

उनले मंगलबारसम्मको तथ्यांकअनुसार हाल युक्रेनका करिब ६० लाख मानिस विस्थापित भएका र त्यसका लागि कम्तीमा पनि एक अर्ब अमेरिकी डलर सहायताको कोष आवश्यक रहेको बताए । रासस



प्रतिक्रिया दिनुहोस्