Logo

रुसले युक्रेनको खार्किभ प्रहरी मुख्यालय उडायो



एजेन्सी, १८ फागुन । युक्रेन विरुद्ध रुसको आक्रमण बुधबार सातौं दिन पनि जारी छ । खार्किभ लगायत धेरै ठूला सहरलाई निशाना बनाइएको छ । २४ घण्टामा भएका आक्रमणमा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने ११२ जना घाइते भएका छन् । आज बिहान रुसी प्याराट्रूपर्सले खार्किभको एक अस्पतालमा आक्रमण गरेका छन् । यसैबीच युक्रेनी राष्ट्रपति जेलेन्स्कीले युद्धमा अहिलेसम्म करिब ६ हजार रुसी सैनिक मारिएको दाबी गरेका छन् ।

यसअघि मंगलबार राति रुसी सेनाले राजधानी कीभको टिभी टावरमा मिसाइल हमला गरेको थियो । यस आक्रमणमा ५ जनाको मृत्यु भएको थियो । रसियाले यहूदीहरूको नरसंहारको सम्झनामा निर्माण गरिएको बेबिन यार होलोकास्ट मेमोरियल सेन्टरमा पनि हवाई आक्रमण गरेको थियो।



प्रतिक्रिया दिनुहोस्