Logo

असार १ र २ गते जसपाले विधान अधिवेशन गर्ने



काठमाडौं, १८ फागुन । आगामी असार १ र २ गते जनता समाजवादी पार्टी (जसपा)ले पार्टीको विधान अधिवेशन गर्ने भएको छ । जसपाको गत फागुन १३ गते सुरु भएको केन्द्रीय कार्यकारिणी समितिको बैठकले विधान अधिवेशन गर्ने निर्णय गरेको प्रदेश न. १ का स्वास्थ्य मन्त्री जयराम यादवले जानकारी दिए ।

मन्त्री यादवले जसपा केन्द्रीय कार्यसमितिको बैठकले आउँदो २८ गते संघीय परिषद्को बैठक, २९ र ३० गते केन्द्रीय समितिको बैठक गर्ने निर्णय भएको पनि बताए ।



प्रतिक्रिया दिनुहोस्