एजेन्सी, १८ फागुन । बलिउड अभिनेता टाइगर श्राफले आज आफ्नो ३२औं जन्मदिन मनाइरहेका छन् । उनको जन्म २ मार्च १९९० मा मुम्बई सहरमा भएको थियो । टाइगर बलिउडका चर्चित अभिनेता ‘ज्याकी श्राफ’ र फिल्म निर्माता ‘आयशा दत्त’का छोरा हुन् । अभिनेता ‘हिरोपन्ती’, ‘बाघी’ र ‘वार’ जस्ता धेरै फिल्ममा देखिएका छन् ।
अभिनेताको जन्मदिनको अवसरमा जानौँ उनका बारेमा केही विशेष कुराहरु:
टाइगरको वास्तविक नाम टाइगर होइन जय हेमन्त श्राफ हो । वास्तवमा, बाल्यकालमा उनका पिताले उनलाई टाइगर भनेर बोलाउनुहुन्थ्यो, त्यसैले उनले फिल्ममा आउनुअघि आफ्नो नाम जय हेमन्तबाट बदलेर टाइगर श्राफ राखेका थिए।
टाइगरले ‘अमेरिकन स्कुल अफ बम्बे’बाट स्कुलिङ गरेका थिए । उनले अभिनयमा पढाइ छाडे । उनको शैक्षिक योग्यता १२ कक्षा मात्रै छ ।
हालसम्म ९ फिल्ममा देखिएका टाइगरले साजिद नाडियाडवालाको फिल्म ‘हिरोपन्ती’बाट बलिउडमा डेब्यु गरेका थिए । यो फिल्ममा उनको अपोजिटमा कृति सेनन थिइन् । यसपछि उनले ‘बागी’, ‘अ फ्लाइङ जट’, ‘मुन्ना माइकल’ र ‘वार’ जस्ता धेरै फिल्ममा मुख्य भूमिका निर्वाह गरेका छन् ।
फिटनेस फ्रिक टाइगरलाई डान्स निकै मनपर्छ, ’माइकल ज्याक्सन’ र ’ऋतिक रोशन’ उनको रोल मोडल हुन्।
मार्सल आर्टमा तालिम लिएका टाइगरले धेरै कलाकारलाई फिल्मको तालिममा समेत सहयोग गरेका छन् । सन् २०१४ मा उनले तेक्वान्दोमा ‘ब्ल्याक बेल्ट’ अवार्ड पाएका थिए ।
‘अहमद खान’ निर्देशित फिल्म ‘बाघी २’ टाइगरको फिल्मी करियरमा टर्निङ प्वाइन्ट साबित भयो । यस फिल्ममा दिशा पटानी पनि मुख्य भूमिकामा थिइन् । यो फिल्म बक्स अफिसमा त्यो वर्षको सबैभन्दा धेरै कमाउने फिल्महरू मध्ये एक थियो।
खबर अनुसार टाइगर बलिउड अभिनेत्री दिशा पटानीसँग सम्बन्धमा छन् । तर, दुवै पक्षबाट अहिलेसम्म कुनै आधिकारिक घोषणा आएको छैन । प्रायः यी दुईलाई सँगै देख्न सकिन्छ।
फिल्म ‘हिरोपन्ती’का लागि टाइगर स्टारडस्ट र आइफा अवार्डसहित पाँच अवार्डबाट सम्मानित भएका थिए ।
अभिनेताको नेटवर्थ ५० करोड छ, उनले एक फिल्मको करिब ५ करोड पारिश्रमिक लिने गरेका छन् ।
टाइगर श्राफ भगवान शिवका परम भक्त हुन्, उनी हरेक सोमबार शिवको व्रत पनि राख्छन्। फिल्म ‘हिरोपन्ती’ रिलिज हुनुअघि टाइगर श्राफ ‘काशी विश्वनाथ’ भगवानको आशीर्वाद लिन आएका थिए ।
टाइगरको आगामी प्रोजेक्टको सूचीमा ‘हिरोपन्ती २’, ‘बाघी ४’, ‘गणपत’ र ‘बडे मियाँ छोटे मियाँ’ समावेश छन् ।