Logo

लागूऔषध मुद्दामा शाहरुखको छोरा आर्यनविरुद्ध कुनै प्रमाण भेटिएन



एजेन्सी, १८ फागुन । बलिउडको बहुचर्चित कर्डेलिया क्रुज ड्रग्स प्रकरणमा ठूलो खुलासा भएको छ । अंग्रेजी अखबार हिन्दुस्तान टाइम्सले स्रोतलाई उद्धृत गर्दै नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) एसआईटीले अभिनेता शाहरुख खानका छोरा आर्यन खान ठूलो लागुऔषध षड्यन्त्र वा अन्तर्राष्ट्रिय लागूऔषध तस्करी सिन्डिकेटको हिस्सा भएको कुनै प्रमाण फेला नपरेको दाबी गरेको छ।

एसआईटीको अनुसन्धानका क्रममा क्रुजमा भएको छापामा पनि धेरै अनियमितता भेटिएको छ । क्याबिनेट मन्त्री नवाब मलिकले एनसीबी क्षेत्रीय निर्देशक समीर वानखेडे विरुद्ध लगाएको आरोपपछि यो एसआईटी गठन गरिएको हो।

तर, पत्रिकाले एसआईटीको छानबिन पूरा हुन नसकेको र एनसीबीका महानिर्देशकले अन्तिम प्रतिवेदन बुझाउन केही महिना लाग्न सक्ने दाबी गरेको छ । विशेष गरी आर्यन खानलाई षड्यन्त्रको आरोप लगाउन सकिन्छ कि होइन भन्ने विषयमा अन्तिम प्रतिवेदन पेश गर्नुअघि कानुनी राय लिइनेछ ।

२ अक्टोबर २०२१ को राती मुम्बईको ग्रीन गेटस्थित अन्तर्राष्ट्रिय क्रूज टर्मिनलमा कर्डेलिया क्रुजमा रहेको उनको टोलीसँग समीर वानखेडेले धेरै घण्टा छापा मारेका थिए। एनसीबीले यहाँबाट १३ ग्राम कोकिन, ५ ग्राम मेफेड्रोन, २१ ग्राम गाँजा, २२ थान एमडीएमए (एकस्टेसी) चक्की र १ लाख ३३ हजार नगद बरामद गरेको थियो । अनुसन्धानमा एजेन्सीले क्रुजबाट १४ जनालाई पक्राउ गरेको र केही घण्टाको सोधपुछपछि आर्यन खान, अरबाज मर्चेन्ट र मुनमुम धामेचालाई असोज ३ गते दिउँसो पक्राउ गरेको देखाएको थियो । त्यसपछि क्रमशः यस मुद्दामा थप १७ जना पक्राउ परेका छन् ।

 

 

 



प्रतिक्रिया दिनुहोस्