Logo

चिया पसलमा तास खेल्दा…



काठमाडौं, १८ फागुन । जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–१६ नयाँबजारस्थित धादिङ घर भएका गणेश भुजेलको चिया पसलमा तास खेलिरहेको अवस्थामा ९ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

उक्त पसलमा तास खेलिरहेको सूचनाको आधामा महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३० हजार ३ सय ६० रुपैयाँ र १ बुक तास सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्