Logo

१२ वर्षदेखि अलपत्र रहेको पुलको अनुगमन गर्दै मुख्यमन्त्री राई



खाँदबारी, १८ फागुन । विगत १२ वर्षदेखि अलपत्र अवस्थामा रहेको सङ्खुवासभा र भोजपुर जोड्ने लम्सुवाघाटस्थित अरुण नदीमाथिको पुलको प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आज अनुगमन गरेका छन् ।

ठेकेदारले विभिन्न वहाना बनाई निर्माण सम्पन्न नगरी अलपत्र अवस्थामा छोडेको सङ्खुवासभा र भोजपुर जोड्ने लम्सुवाघाटको मोटरेवल पुल विगत १२ वर्षदेखि अलपत्र अवस्थामा रहेको छ ।

खाँदबारी नगरपालिका–९, तुम्लिङ्टार, लम्सुवाघाटस्थित मोटरवेल पुलबारे मख्यमन्त्री राईले सरोकारवालासँग जानकारी लिएका थिए ।

तस्बिरः भविन कार्की÷ सुजन बज्राचार्य÷रासस

 



प्रतिक्रिया दिनुहोस्

Screenshot