Logo

रुस भारतप्रति ‘आभारी’



एजेन्सी, १८ फागुन । रुसले भारतले युक्रेन संकटमा सन्तुलित व्यवहार देखाएको भन्दै आभार प्रकट गरेको छ । उसले भारतले युक्रेन संकटको गहिराई बुझेको टिप्पणी गरेको छ ।

नयाँ दिल्लीमा रुसका राजदूत डेनिस एलिपोभले बुधबार बोल्दै संयुक्त राष्ट्रसंघमा भारतको सन्तुलित अवस्थाप्रति आभार प्रकट गरेको समाचार एजेन्सी एएनआईले जनाएको छ । उनले भने,‘भारत हाम्रो रणनीतिक साझेदार हो ।’

भारतले २५ फेब्रुअरीमा संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदमा युक्रेनमा रुसी आक्रमणको भत्र्सना गर्ने प्रस्ताव आउँदा असंलग्नता देखाएको थियो ।

भारतले संवादबाट समस्याको समाधानमा जोड दियो । युक्रेन हमलापछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन संवाद गरिसकेका छन् ।-File Photo



प्रतिक्रिया दिनुहोस्