Logo

युवासम्म पुग्नै सकेन युवापरिषद्



काठमाडौं, फागुन १९। युवाको समग्र विकासका लागि सरकारले राष्ट्रिय युवा परिषद्को स्थापना गरे पनि लक्षित वर्गसम्म जान सकेको छैन । युवा परिषद् भनिए पनि यस कार्यालयले युवा लक्षित प्रभावकारी कार्यक्रम तय गर्नसकेको छैन । सञ्चालनमा आएका कार्यक्रम पनि युवासम्म पुगेको छैन ।

सरकारले युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत रहने गरी २०७२ साल फागुन १९ गते परिषद् स्थापना गरेको थियो । उद्यमशीलता र सीप विकास, गुणस्तरीय र व्यावसायिक शिक्षा, रोजगारी, स्वास्थ्य र सामाजिक सुरक्षा, युवा परिचालन, सहभागिता र नेतृत्व विकासलगायतका उद्देश्य परिषद्को छ तर यी कार्यक्रम खासै प्रभावकारी भएको छैन ।

परिषद्मा स्थापनाकालदेखि नै राजनीतिक नियुक्तिलाई प्राथमिकता दिने गरिएको छ । केन्द्रमा रहने कार्यकारी उपाध्यक्षदेखि जिल्लास्तरमा रहने जिल्ला युवा समितिको अध्यक्ष नियुक्तिसमेत दलीय आस्थाको आधारमा हुने गरेको छ । युवामाझ जान सक्नेलाई छनोट गर्नुको सट्टा दलका कार्यकर्तालाई मात्रै नियुक्तिदिँदा जिल्लास्तरमा रहने यस्ता समितिको अध्यक्षको काम तलब भत्ता लिनेमा मात्रै सीमित हुने गरेको छ ।

युवाको आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरण गर्न परिषद् सफल नभएको तथा युवा मैत्री काम गर्न नसकेको आरोप परिषद् पदाधिकारीलाई लाग्ने गरेको छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot