Logo

यी हुन् पुटिनका सम्भावित उत्तराधिकारी



एजेन्सी, १९ फागुन । अहिले विश्वको ध्यान युक्रेनमा छ । रुसले युक्रेनमाथि हमला गरेपछि यूरोप ठूलो संकटमा छ । कुनैपनि बेला परमाणु हतियारको प्रयोगको त्रास बढेको छ ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले चाल्न सक्ने कुनैपनि कदमले विश्व नै तरंगित हुनसक्छ । ६९ वर्षीय पुटिनलाई कसैले साहसी त कसैले तानाशाह भन्न थालेका छन् । रुसलाई उनले शक्तिशाली बनाएको यथार्थ भने छर्लंग छ ।

पुटिन रुसमा एकछत्र शासन गर्न सफल भएका छन् । उनको उमेर ढल्कदै गएको छ । उनीपछि रुसको राष्ट्रपति को हुने भन्ने चासो उत्तिकै छ ।
पुटिनको उत्तराधिकारीमध्ये मानिएका सेरगेई सोइगु हुन् । उनी रुसको रक्षामन्त्री छन् । पुटिनका विश्वासपात्र मध्येका सेरगेई ६७ वर्षका भए ।

युक्रेनी रुसी आमा र रुसी आदिवासी तुभान समुदायका पिताका छोरा सेरगेई सन् २०१४ मा क्रिमिया कब्जा गर्ने देखि पछिल्लो युद्धका मुख्य योजनाकार मानिन्छन् । पुटिनले उनलाई निकै विश्वास गरेर विगतमा बिदा मनाउँदा साथै लान्थे । पुटिनको खास उत्तराधिकारीका रुपमा उनलाई लिइएको छ ।



प्रतिक्रिया दिनुहोस्