Logo

राष्ट्रिय राजमार्ग छेउका पेट्रोल पम्पमा नयाँ मापदण्ड लागू हुँदै



काठमाडौं, फागुन १९ । राष्ट्रिय राजमार्ग छेउमा पेट्रोल, डिजेल तथा एलपी ग्यास फिलिङ स्टेसन स्थापनासम्बन्धी नयाँ मापदण्ड लागू हुने भएको छ । सरकारले सो मापदण्ड लागू गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई अधिकार दिएको छ ।

उक्त मन्त्रालयका कार्यक्रम महाशाखा प्रमुख अर्जुनजङ्ग थापाले राष्ट्रिय राजमार्ग छेउमा पेट्रोल, डिजेल तथा एलपी ग्यास फिलिङ स्टेसन स्थापनासम्बन्धी नयाँ मापदण्ड तयार गरी स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेस गरिएकोमा मन्त्रिपरिषद्ले लागू गर्ने अधिकार मन्त्रालयलाई नै दिएको बताए। ।

उनले भने, “सो मापदण्ड मन्त्रालयले तयार गरी सचिवबाट स्वीकृत भइसकेको छ । अब मन्त्रीबाट स्वीकृत भई मापदण्ड लागू गरिने छ । अब मन्त्रालयले छिट्टै नै सो मापदण्ड जारी गरी कार्यान्वयनमा ल्याउने छ।” नयाँ मापदण्डले तराई क्षेत्रमा ‘मेडियनरडिभाइडरु राखिएका राजमार्गहरूमा चोक र पुल क्षेत्रबाट सय मिटरको दूरीमा पेट्रोल, डिजेल तथा एलपी ग्यास फिलिङ स्टेसन स्थापना गर्न पाउने छ । यसअघि तीन सय मिटर दूरी कायम गरिएको थियो।

त्यसैगरी पहाडी र हिमाली क्षेत्रमा सात प्रतिशत उकालो (ग्रेड) भएको सडकमा पेट्रोल, डिजेल तथा एलपी ग्यास फिलिङ स्टेसन स्थापना गर्न नपाइने व्यवस्था नयाँ मापदण्डमा छ ।

पहाडी र हिमाली क्षेत्रमा दुई लेनको सडकमा चोकदेखि ८० मिटर र दुई लेनभन्दा बढीको सडकमा १५० मिटरको दरीमा फिलिङ स्टेसन निर्माण गर्नसकिने प्रावधान निर्धारण गरिएको छ। यसअघि तराई, पहाड र हिमाली क्षेत्रमा फिलिङ स्टेसन स्थापनाका लागि एउटै मापदण्ड थियो । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot