Logo

पठानको ‘रिलिज डेट’ सार्वजनिक



काठमाडौं । बलिउड ‘बादशाह’ शाहरुख खान अभिनित पठानको रिलिज डेट सार्वजनिक भएको छ । फिल्मको रिलिज डेट सार्वजनिक भएसंगै शाखरुख चार वर्षपछि चलचित्रमा कमब्याक गर्दै छन्।

सिद्धार्थ आनन्दको निर्देशनमा बनेको पठानमा शाहरुख, दीपिका पादुकोण र जोन अब्रहामले मुख्य भूमिका निभाएका छन्। पठान २०२२ को जनवरी २५ तारिखमा रिलिज हुँदैछ। चलचित्र हिन्दी, तमिल र तेलुगु गरी तीन भाषामा रिलिज हुने छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot