Logo

एमसीसीबारे धारणा सार्वजनिक गर्दै राप्रपा



काठमाडौं, फागुन १९ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज एमसीसीबारे धारणा सार्वजनिक गर्ने भएको छ । एमसीसीको विरोधमा रहेको राप्रपाले केन्द्रीय समितिको बैठकमा छलफल गरेर धारणा सार्वजनिक गर्न लागेको हो ।

केन्द्रीय कार्यसमिति बैठकमा पेस भएका प्रतिवेदनमाथि आज छलफल सुरु भएको छ । छलफल सकिने विक्तिकैएमसीसीबारे पार्टीको आधिकारिक धारणा पनि सार्वजनिक गर्ने कार्यक्रम रहेको छ।आजको बैठक बिहान ८ बजे धुम्बाराहीमा सुरु भइसकेको छ ।

बुधबारको बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थिति र भावी कार्यदिशा सम्बन्धि, उपाध्यक्ष हेमजंग गुरुङले सचिवालय सम्बन्धि, महामन्त्री भुवन पाठकले स्थानीय तहको निर्वाचन सम्बन्धि प्रतिवेदन पेस गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्