Logo

अब मुलुक निर्वाचनमा जानुको विकल्प छैन्, यो संसद्ले गतिलो काम गर्दैन् : तामाङ (भिडिओसहित)



काठमाडौं, १९ फागुन । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री शेरबहादुर तामाङले अब मुलुकमा निर्वाचनबाहेक अर्को विकल्प नभएको बताएका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यो संसद्ले अब गतिलो काम नगर्ने पनि टिप्पणी गरे ।

भर्खरै एमसीसी पारित भयो त ? यो गतिलो काम होईन त ? भनेर पत्रकार धमलाले सोधेको प्रश्नमा उनले भने–‘यस्तै यस्तै गर्नुपर्ने काम त भयो त, कसरी अवरोध भयो ? हाम्रो विषय त बाँकी नै छन् । हामीले गरेको वेलको अर्थ त लिएन नि, सबै समझदारी गरेर अघि बढ्नुपर्नेमा, सत्ता गठबन्धन त आफ्नो काम गरिरहेको छ नि ।’

उनले आफूहरुको माग अहिलेसम्म पनि समाधान नभएकोले आफूहरुको अवरोध जारी नै रहेको सुनाए । उनले निर्वाचन नभएसम्म अब यो संसद् चल्न नदिने दाबी गरे । यो संसदबाट धेरै राम्रो काम हुने अवस्था नदेखिएको तामाङको भनाई छ । उनले यो संसद्बाट जनपक्षीय काम नहुने पनि ठोकुवा गरे ।

आफूहरु बाध्य भएर संसद् अवरोधमा उत्रिएको उनको गुनासो छ । अहिले कुन दल लोकप्रिय र कुन अलोकप्रिय भन्ने कुरा निर्वाचनबाट आउने परीणामबाट थाहा हुने उनले जनाए । उनले आफूहरु अब स्थानीय तहको निर्वाचनमा केन्द्रित भएको र यसको लागि गाउँगाउँसम्म संगठन सक्रिय हुने जनाए ।



प्रतिक्रिया दिनुहोस्