Logo

चेल्सी फुटबल क्लब बेचेर नाफा युक्रेन-रुस युद्ध पीडितलाई दान दिइने



एजेन्सी, फागुन १९ । चेल्सी फुटबल क्लबका मालिक रोमन अब्रामोभिचले क्लब विक्री गर्ने योजना बनाएको बताएका छन्।

प्रिमिअर लीग क्लबको वेबसाइटमा राखिएको एउटा वक्तव्यमा रुसी व्यापारी अब्रामोभिचले ‘एकदमै कठिन निर्णय लिएको र त्यसले पीडा दिएको उल्लेख गरेका छन्।

क्लब विक्रीमार्फत हुने मुनाफा युक्रेन-रुस युद्धका पीडितलाई दान गर्ने उनले बताएका छन्। युक्रेनमाथि रुसी आक्रमणपछि अब्रामोभिचले चेल्सी सम्हाल्ने जिम्मेवारी त्यसका संरक्षकहरूलाई दिने शनिवार बताएका थिए।

उनको त्यो भनाइपछि चेल्सी अब विक्रीमा राखिने अड्कलबाजी सुरु भएको थियो। अब्रामोभिचले डेढ अर्ब पाउन्ड स्टर्लिङ ऋण लिएका छन्। उनले क्लब विक्री गरेर हुने सबै मुनाफा युक्रेनमा युद्धबाट पीडित भएका मानिसहरूलाई दान दिने बताएका छन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot