Logo

विप्लवको नेतृत्वमा नारायणकाजी श्रेष्ठ जानुहुँदैन्, बरु विप्लवलाई माओवादीमा आउन भनेका छौं : दिनानाथ शर्मा (भिडिओसहित)



काठमाडौं, १९ फागुन । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता दिनानाथ शर्माले एमसीसी पारित भएकै कारण आफ्नो पार्टी नफुट्ने दाबी गरेका छन् । उनले भने,‘पार्टी फुट्दैन् । कसैले पनि अब पार्टी फुटाउँछु भनेको छैन् । उहाँ (नारायणकाजी) ले त्यस्तो भन्नुभएको छैन्, हामी त विभाजन र विखण्डनको यत्रो पीडा सहेर आएका हौं । उहाँ त हाम्रो लिडर हो ।’

आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग बोल्दै उनले यस्तो बताएका हुन् । उनले अध्यक्ष पुष्पकमल दाहालले पनि कसैलाई पनि पार्टीमा नबस्नुहोस भनेर नभनेको जिकिर गरे । उनले प्रचण्ड नभएको कारण एमसीसीको कारण राष्ट्र विभाजित भएको अवस्थामा सबैलाई एकताबद्ध बनाउने काम पनि प्रचण्डले नै गरेको दाबी गरे ।

उनले आफूलाई नेता श्रेष्ठले पार्टी विभाजन गराउनुहोला भनेर विश्वास नभएको पनि टिप्पणी गरे । उनले नेताहरु जाति, भाषा, धर्म, संस्कृति र राष्ट्रियताको विषयमा धेरै उचाल्न नहुने सुझाव दिए । उनले यी विषयहरु भावनासँग जोडिएको उल्लेख गर्दै यसमा सबै नेताहरुले संयमित भएर भूमिका खेल्नुपर्नेमा जोड दिए ।

अहिले पार्टीभित्र उठेका सबै विषयमा अध्यक्ष प्रचण्डले भोलिबाट सुरु हुने केन्द्रीय कमिटीको बैठकमा छलफल हुने पनि उनको भनाई छ। उनले पार्टीभित्रका आन्तरिक समस्या छलफलबाटै हल हुने भन्दै अहिले पार्टी नफुट्ने पनि दाबी गरे । उनले नेत्रविक्रम चन्दलाई आफूहरु एक ठाउँमा हुनुपर्ने कुरा गरेको पनि सुनाए । उनले नारायणकाजी श्रेष्ठ विप्लवको नेतृत्वमा नयाँ मोर्चामा नजाने पनि दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot