काठमाडौं, १९ फागुन । युक्रेनमा रुसी आक्रमणविरुद्ध संयुक्त राष्ट्रसंघमा पेश भएको प्रस्तावको पक्षमा १४१ देशले मतदान गरेकोमा दक्षिण एशियाबाट ४ देश परेका छन् । दक्षिण एशियाबाट नेपालसहित अफगानिस्तान, भुटान र मालदिभ्सले पक्षमा मतदान गरेका हुन् ।
अफगानिस्तानमा तालिवानको शासन छ । यसअघि तटस्थ बसेको अफगानिस्तानले महासभामा आक्रमणको विरुद्ध मत जाहेर गरेको हो । भुटान र मालदिभ्स बोलेका थिएनन् ।
भारत, पाकिस्तान, बङ्गलादेश र श्रीलंका भने तटस्थ बसे । विश्वका ३५ देश तटस्थ भूमिकामा देखिए ।
ब्रिक देशहरुमध्ये ब्राजिल मात्र प्रस्तावको पक्षमा उभियो । रुस विपक्षमा उभियो भने भारत, चीन र दक्षिण अफ्रिका तटस्थ बसे ।