Logo

एमसीसीविरुद्धको आन्दोलनमा पक्राउ परेका थापासहित सबैलाई बिना शर्त रिहा गर्न माग



काठमाडौं, १९ फागुन । अमेरिकी सहयोग सम्झौता एमसीसीविरुद्धको आन्दोलनमा बिना कारण पक्राउ परेका अभियन्ता हेमराज थापासहित पक्राउ परेका अन्यलाई बिनासर्त रिहाई गर्न एमसीसी अभियन्ता तथा राजनीतिक विश्लेषक प्रकाश रायमाझीले माग गरेका छन् ।

देश भक्तहरुको विरोधसभामा निशस्त्र भेला भएका राष्ट्रबादी माथि कुनै प्रकारको कष्ट पुराउने कार्य असह्य हुने उनको भनाई छ ।

एमसीसीविरुद्धको बिरोध प्रदर्शनमा गम्भीर घाइते भएका उपचाररत सबैको सरकारले स्वास्थ्य उपचारको जिम्मा लिनुपर्नेमा उनले जोड दिएका छन् । रायमाझीले संचारकर्मीहरुलाई कहिँ कतै कठिनाइ परेमा पत्रकार महासंघलाई तुरुन्त राहत तथा सहयोग गर्नपनि सुझाव दिएका छन् । दलीय स्वार्थ र गुटबन्दीमा तमासा हेर्ने काम बन्द गर्न माग गरेका छन् ।

आज साँझसम्म थुनामा राखेकाहरुलाई रिहा नगरे कठोर कदम उठाउन बाध्य हुनेपनि चेतावनी दिएका छन् ।

 

 

 

 



प्रतिक्रिया दिनुहोस्