Logo

‘ब्ल्याकमेल र दबाब दिएर’ अमेरिकाले आफूविरुद्ध राष्ट्रसंघमा मत हाल्न लगाएको रुसको आरोप



एजेन्सी, १९ फागुन । संयुक्त राष्ट्रसंघमा युक्रेनमाथि रुसी हमलाविरुद्धको प्रस्ताव पारित भएकोमा रुसले यसमा अमेरिकाको धम्की र ब्ल्याकमेल चलेको आरोप लगाएको छ । रुसी विदेशमन्त्री सेरगेई लेभरोभले आफूहरु अमेरिकी शैलीबारे राम्रो जानकार भएको बताएका छन् ।

आज रुसी र अन्तर्राष्ट्रिय मिडियालाई अन्तवार्ता दिदै लेभरोभले भने,‘हामी हाम्रा पश्चिमा मित्रहरुले ती नतिजा हासिल गर्न चालेको तरिकाबारे चनाखो छौंः ती मध्ये सिधै ब्ल्याक मेल र दबाब हो ।’ उनले अमेरिकाले सिधै कतिपय देशलाई ब्ल्याकमेल गरेर यूएनमा मतदान गर्न लगाएको बताए ।

लोभरोभले अमेरिकाले यूरोपमा नेपोलियन र हिटलरले प्रयास गरे जसरी नै प्रभाव जमाउन खोजेको आरोप लगाए ।

तेस्रो विश्वयुद्ध परमाणु हतियारको प्रयोगसहित हुने बताए । उनले परमाणु हतियारको विचार पश्चिमा शासकहरुको टाउकोमा घुमिरहेको समेत तर्क गरे ।

गएराति राष्ट्रसंघमा रुसविरुद्ध प्रस्तावको पक्षमा १४१ मत परेको थियो । ५ देश रुसको विपक्षमा उभिए भने ३५ देश तटस्थ बसे ।

अमेरिकासहित उसका मित्र राष्ट्रका अधिकारीहरुले विभिन्न देशका नेतासँग सिधै सम्पर्क गरी रुसविरुद्ध उभिन आग्रह गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्