Logo

नाबालिगले ‘म पीडित हुँ’ भन्दा उनको चरित्रमाथि नै प्रश्न चिन्ह उठाउनु एउटा जिम्मेदार समाजको काम हुनै सक्दैन : प्रियंका कार्की



काठमाडौं, २० फागुन । नायिका प्रियंका कार्कीले नाबालिगले ‘म पीडित हुँ’ भन्दा उनको चरित्र माथि नै प्रश्न चिन्ह उठाउनु एउटा जिम्मेदार समाजको काम हुनै नसक्ने टिप्पणी गरेकी छिन् । पछिल्लो नाबालिका बलात्कार प्रकरणमा कार्कीले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै यस्तो टिप्पणी गरेकी हुन् ।

उनले फेशुबकमा लेखेकी छिन्-दु:खको कुरा, हामी यस्तो समाजमा बाँचेका छौँ, जहाँ पीडितले “म पीडित हुँ” भन्न मात्र पनि ठुलै हिम्मत बोकेर आउनुपर्छ। यस्तोमा, अगाडि बढेर आवाज उठाउने हरेक पीडित महिला दिदी-बहिनीहरुको म भित्री आत्मा देखि नै कदर गर्दछु। नाबालिगको हकमा, मैले बुझे अनुसार, उमेरको हदबन्दी (१८ वर्ष) नेपालमा मात्र हैन, विश्वका सबै देशमा, आफ्नो परिवेश अनुसार, उमेर नपुगेकाहरुको ‘निर्णय लिन सक्ने क्षमता’लाई ध्यानमा राखेर नै बनाइएको हुन्छ। नाबालिगहरु निर्णय लिन सक्ने क्षमता राख्दैनन् र तिनको संरक्षण सभ्य समाजको उत्तरदायित्व पनि हो भन्ने मेरो पनि मान्यता हो। यस्तो अवस्थामा, नाबालिगले ‘म पीडित हुँ’ भन्दा, उनको चरित्र माथि नै प्रश्न चिन्ह उठाउनु एउटा जिम्मेदार समाजको काम हुनै सक्दैन। बाँकी काम कानुनको, वहाँहरुलाई निश्पक्ष काम गर्न दिनु हाम्रो कर्तव्य हो।”



प्रतिक्रिया दिनुहोस्