Logo

एमसीसीकाे अन्तरविराेधमा विप्लवले माओवादीभित्र खेल्न खाेजे : देवेन्द्र पाैडेल



काठमाडौं, २० फागुन। नेकपा (माओवादी केन्द्र) का नेता एवं शिक्षामन्त्री देवेन्द्र पौडेलले वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले प्रचण्डतिर मात्र औंला ठड्याएर सुख नपाउने बताएका छन् ।

नेपाली रेडियाे नेटवर्ककाे कार्यक्रम ‘नेपाली बहस’ का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पाैडेलले भने, “नारायणकाजी श्रेष्ठ पार्टीमा प्रचण्डपछिकाे दाेस्राे वरीयताकाे नेता हाे । उहाँले प्रचण्डतिर मात्र औंला ठड्याएर सुख पाउनुहुन्न । अब रूपान्तरण हुने भनेकाे जनतामा जाने हाे । चुनाव आइसकेकाे छ । नीति र प्रणालीकाे कुरा गरेर मात्र हुँदैन, त्याे व्यवहारमा पनि देखिनुपर्छ ।”

नेता पाैडेलले एमसीसीमा प्रचण्डले लिएकाे निर्णय सही भएकाे जिकिर गरे । उनले थपे, “एमसीसीमा केही कमरेडहरूकाे सहमति छ । तर प्रचण्डले उचित समयमा उचित निर्णय गर्नुभएकाे छ । याे राष्ट्रघाती वा महाधिवेशनकाे म्यान्डेट विपरीत पनि छैन । यसकारण माओवादी फुटकाे संघारमा जाँदैन ।” उनले एमसीसी प्रकरणमा माओवादी केन्द्रभित्रकाे अन्तरविराेधमा नेत्रविक्रम चन्द विप्लवले खेल्न खाेजेकाे आराेप पनि लगाए ।

उनले भने,”एमसीसीमा हाम्राे पार्टीभित्रकाे मतभेदलाई लिएर विप्लवले स्पेस खाेज्नुभएकाे हाेला । केही प्राेभाेक गर्न खाेज्नुभएकाे हाेला । त्यसमा उहाँ सफल हुनुहाेला भन्ने विश्वास लाग्दैन । नारायणकाजी श्रेष्ठले याे कुरा पक्कै बुझ्नुभएकाे छ ।” साथै नेता पाैडेलले आगामी चुनावमा गठबन्धन दलहरूबीच तालमेल हुने ठाेकुवा पनि गरे । रूस-युक्रेन युद्धमा नेपालले लिएकाे निर्णय हतारिएर गरिएकाे उनकाे धारणा छ ।



प्रतिक्रिया दिनुहोस्