काठमाडौं, २० फागुन । आज एक अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ १६ पैसा र विक्रिदर १२१ रुपैयाँ ७६ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १३४ रुपैयाँ ३२ पैसा र विक्रिदर १३४ रुपैयाँ ९९ पैसा रहेको छ ।
यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८८ रुपैयाँ ५० पैसा र विक्रिदर ८८ रुपैयाँ ९४ पैसा रहेको बैंकले जनाएको छ ।