Logo

एमसीसीविरुद्ध आन्दोलनमा पक्राउ परेका नेता/कार्यकर्ता रिहा गर्न माग



, २० फागुन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले अमेरिकी सहयोग परियोजना एमसीसी विरुद्धको आन्दोलनको क्रममा पक्राउ परेका आफ्ना नेता तथा कार्यकर्ताहरुलाई तुरुन्त रिहा गर्न माग गरेको छ ।

माओवादीले आन्दोलनको क्रममा बिनाकारण बिना पुर्जी काठमाडौंबाट पक्राउ परेका केन्द्रीय सदस्यहरु दिपक, सुरज, मध्य कमाण्ड इन्चार्ज बद्री, पश्चिम कमाण्ड इन्चार्ज जितेन्द्र र सचिवालय सदस्य अर्पणलाई तुरुन्त रिहा गर्न माग गरेको हो ।

माओवादीले एमसीसी सम्झौताविरुद्ध पुर्व निर्धारित कार्यक्रमको तयारी गर्दै गर्दा सरकारले छापामार शैलीमा नेता तथा कार्यकर्ताहरु पक्राउ गरेकोमा आपत्ति जनाएको छ । पक्राउ परेका नेताहरुलाई तुरुन्त रिहा नगरे यसको परिणाम सरकारलाई निकै महंगो पर्ने पनि माओवादीले चेतावनी समेत दिएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot