Logo

अब एमसीसी छिटोभन्दा छिटो कार्यान्वयन गर्नुपर्छ : उपाध्यक्ष ज्ञवाली (भिडिओसहित)



काठमाडौं, २० फागुन । नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले एमसीसीको विषयमा पार्टीभित्र कसैलाई आफूलाई लागेको विचार भन्न पाउने अधिकार भएकोले भीम रावललाई कारबाही गर्नुपर्ने कुनै कारण नभएको बताएका छन् ।

उनले भने,‘एमसीसीको विषयमा आफूलाई लागेको विचारहरु कसरी भन्ने चाहीँ स्वतन्त्रता छ, आफलाई लागेको विचार भनेबापत कारबाही नै गर्नुपर्छ भन्ने छैन् ।’ भीम रावललाई कारबाही गर्ने हो वा के गर्ने ? भन्ने कुरा पार्टी कमिटीमा आउने उनको भनाई छ ।

एमसीसी सदनबाट पारित भैसकेको सुनाउँदै यसमा धेरै छलफल गर्नुभन्दापनि एमसीसीलाई छिटोभन्दा छिटो कसरी लागु गर्ने भन्नेतर्फ ध्यान दिनुपर्नेमा उनको जोड थियो । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।



प्रतिक्रिया दिनुहोस्